समाज


३० वर्षीय युवक तामाकोसीमा बेपत्ता भएपछि पक्राउ परे उनका साथी, घटना अनुसन्धान गर्दै प्रहरी

३० वर्षीय युवक तामाकोसीमा बेपत्ता भएपछि पक्राउ परे उनका साथी, घटना अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
कात्तिक १९, २०८१ सोमबार १३:३०, रामेछाप

रामेछापको मन्थली नगरपालिका-१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटना अनुसन्धानका लागि प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 

भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन्। प्रहरीले तामाकोशी नदीमा उनको खोजतालास गरिरहेको छ। भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली-१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।

भुजेल बेपत्ता भएको साँझ विक उनको साथमा रहेका कारण घटनाको अनुसन्धान गर्न विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।

शुक्रबार भुजेल र विकबीच झगडा भएको स्थानीयले बताएका छन्। विकसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad