आज आइतबार, १८ कात्तिक २०८१ (३ नोभेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, वैदेशिक कार्यमा पनि ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।
वृष : स्थानान्तरण र मङ्गल कार्यको योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। कसै कसैका लागि सन्तान सुखको योग छ।
भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन : मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ। धार्मिक कार्य सफल रहनेछ। प्रेम सम्बन्ध कसिलो होला। वैदेशिक क्षेत्रको कमबाट लाभ हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।
भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। अरूको कुभलो नचिताउने।
कर्कट : अवसर प्राप्त होला। आफन्तले सहयोग गर्नेछन्। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ। काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
सिंह : दिन त्यति राम्रो छैन। पढाइलेखाइमा ध्यान दिन नसकिएला। दबाब र तनाव बढेको महसुस हुनेछ। प्रेम सम्बन्धमा असमझदारी बढ्न सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ।
भाग्यशाली रङ आकासे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ४५, वैदेशिक कार्यमा ५० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
कन्या : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नेछ।
भाग्यशाली रङ खैरो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। नहडबडाउने।
तुला : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। पराक्रम बढ्नुका साथै धन लाभको योग छ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको सम्भावना छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक : प्रियजनको सहयोगले गर्दा कामबाट फाइदा लिन सकिनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइन्छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
धनु : अधुरा काम पूरा हुनेछन्। नयाँ सम्बन्ध जोडिन सक्छ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। शुभ चिन्तकले पूर्ण समर्थन गर्नेछन्।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मकर : समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सामान हराउने योग छ। विपरीत वर्गबाट विशेष सहयोग मिनेल्छ। राजनीतिक कार्य सफल रहला।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ : आँटे-ताकेको पूरा होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। सामाजिक कामको दायित्त्व बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। राजनीतिक क्षेत्र सोचेजस्तै रहनेछ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मीन : सफल यात्राको योग देखिन्छ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउनेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क पनि ६५ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया