आज (शनिबार) देशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा देशका बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
यसैगरी कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै आज राति पनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
मौसमविद्का अनुसार एक/दुई स्थानमा वर्षा तथा हिमपातको सम्भावना देखिनु भनेको सम्भावना कम हुनु हो भने थोरै स्थान भन्नाले एक/दुई स्थानभन्दा अलि बढी ठाउँमा सम्भावना देखिनु हो।
हाल देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया