समाज


दाङमा मोटरसाइकलले ठक्कर दिँदा १ जनाको मृत्यु, १ घाइते

दाङमा मोटरसाइकलले ठक्कर दिँदा १ जनाको मृत्यु, १ घाइते

नेपालखबर
कात्तिक १७, २०८१ शनिबार ७:५६, दाङ

दाङमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा अर्की एक महिला घाइते भएकी छन्। 

शुक्रबार साँझ घोराही १४ नयाँ बसपार्कमा लुप्र ०२००१ प ०७४६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घोराही उपमहानगरपालिका १४ का ५५ वर्षीय नन्दबहादुर घर्तीको मृत्यु भएको हो। दुर्घटनामा सोही ठाउँकी ४५ वर्षीया मनमती नेपाली घाइते भएकी छन्। 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते भएका घर्तीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको हो। 

घाइते नेपालीको प्रतिष्ठानमै उपचार भइरहेको छ। दुर्घटनापछि मोटरसाइकल चालक घोराही १० नारायणपुरका २१ वर्षीय तीलक खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी ईश्वर थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad