समाज


कपिलवस्तुमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको पनि मृत्यु

कपिलवस्तुमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको पनि मृत्यु

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार ११:५५, काठमाडौँ

कपिलवस्तुको बुद्धभूमिमा मंगलबार बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको पनि मृत्यु भएको छ। 

बुद्धभूमि नगरपालिका- २ पुरेनामा मंगलबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका बुद्धभूमि- ४ का मनिष थारुको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए। थारु मोटरसाइकल चालक हुन्।

मोटरसाइकलको पछाडि सवार बुद्धभूमि- ३, घन्चौराका १८ वर्षीय पवन थापाको घटनास्थलमै मृत्यु भएको थियो।

गोरुसिंगेबाट पुरेनातर्फ जाँदै गरेको लु १ ख ९०९२ नम्बरको स्कुल बसले उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ६६ प ४८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घटना भएको हो।

घाइते थारुलाई उपचारको लागि चौराहा अस्पताल बुटवल लगिएको थियो। दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad