समाज


धनुषामा २ सय २१ केजी गाँजासहित एक जना पक्राउ

धनुषामा २ सय २१ केजी गाँजासहित एक जना पक्राउ

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १८:७, काठमाडौँ

लागुऔषध गाँजासहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। २२१ के.जी. ३८ ग्राम गाँजासहित प्रहरीले प्रकाश लुड्वालाई पक्राउ गरेको हो।

धनुषा प्रहरीबाट विशेष सूचनाको आधारमा खटेको टोलीले जनकपुरधाम १४ बाबा आयल सेन्टर अगाडीबाट भिमफेदी गाउँपालिका २ का २४ वर्षीय लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए।

मकवानपुरको भिमफेदीबाट जनकपुरतर्फ जाँदै गरेको ना५ ख १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त ट्रकको पछाडीपट्टीको बडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरि ल्याउँदै गरेको प्रतिबन्धित २ सय २१ केजी लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad