समाज


काठमाडौँको रानीवनबाट पेस्तोलसहित युवक पक्राउ

काठमाडौँको रानीवनबाट पेस्तोलसहित युवक पक्राउ

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १२:५१, काठमाडौँ

काठमाडौँबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। नागार्जुन नगरपालिका–१६ रानीवनस्थित नमुनाटोलबाट शनिबार राति ती युवकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–७ स्थायी ठेगाना भएका २५ वर्षीय अनिल खड्का रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए। 

ती व्यक्तिले पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी सुरु गरेको थियो। 

सोही सूचनाको आधामा प्रहरीले ती युवाको डेरामा खानतलास गर्दा प्रहरीले ‘अटो पिस्तल यूएसए ६५ नं १’ लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरेको हो।

प्रहरी वृत्त स्यम्भुबाट प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad