प्रधानसेनापति अशोकराज सिग्देलले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र सम्भावित खतराहरुको मूल्यांकन गरी न्युनीकरणको रणनीति तयार पारेर प्रभावकारी कार्यान्वयन गर्ने काममा ढिलाई गर्न नहुने बताएका छन्।
शुक्रवार संरक्षण समूह नेपालले सैनिक मुख्यालय भद्रकालीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरामा जोड दिएका हुन्।
प्रधानसेनापति सिग्देलले नेपालमा जलवायु परिवर्तनको प्रतिकुल प्रभावका कारण राष्ट्रका समग्र सुरक्षामा असर पार्ने उल्लेख गर्दै त्यसलाई न्युनीकरण गर्ने कार्यमा ढिलाई गर्न नहुने स्पष्ट पारे।
समग्र राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने सम्भावित चुनौतिहरुको समीक्षा गर्नुपर्ने आवश्यक्ता पनि उनले औंल्याए। प्रधानसेनापति सिग्देलले जलवायु परिवर्तनका कारण नेपालको राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो जोखिम निम्त्याउन सक्ने उल्लेख गर्दै त्यस्ते अवस्था आउन नदिन सचेत भएर काम गर्नुपर्ने बताए।
उनले भने, ‘जलवायु परिवर्तनले पार्ने प्रतिकुल प्रभावहरुले राष्ट्रका समग्र सुरक्षामा पनि पक्कै पनि असरहरु पार्नेछ। तसर्थ जोखिम र सम्भावित खतराहरुको मूल्यांकन गरी न्युनीकरणको रणनीति तयार गरी प्रभावकारी कार्यान्वयन गर्नुमा ढिलाई भइसकेको छ। वर्तमान परिप्रेक्ष्यमा समग्र राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने सम्भावित चुनौतिहरुको समीक्षा गर्नुपर्ने आवश्यकक्ता पनि उत्तिकै महत्वपूर्ण रहेको छ।’
प्रधानसेनापति सिग्देलले जलवायु परिवर्तनका कारण नेपालको पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पर्नेतर्फ पनि ध्यानाकर्षण गराए।
Shares

प्रतिक्रिया