समाज


बागमती प्रदेशका १३ मध्ये भक्तपुर अस्पताल उत्कृष्ट

बागमती प्रदेशका १३ मध्ये भक्तपुर अस्पताल उत्कृष्ट

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार ११:४५, भक्त्तपुर

बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ। 

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यालयहरूको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो।

मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई उत्कृष्ठताको पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका अस्पतालकी निर्देशक डा.सुमित्रा गौतमले जानकारी दिइन्। 

समीक्षा बैठक बुधबार समापन भएको हो। 

भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो। अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने डा.गौतमले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad