संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले १०० दिनमा देखाउन सकिने मन्त्रालय नरहेको बताए। उनले आगामी दिनमा गर्ने काम गर्ने आधार तयार गरेको बताएका हुन्।
उनले बिहीबार मन्त्रालयमा १०० दिने प्रगति विवरण सार्वजनिक गर्दै उनले प्राधिकरणलाई नियामक र सेवा प्रदायक बनाउने गरी विधेयक मस्यौदा मन्त्रिपरिषद्मा पेस गरिएको जानकारी दिए।
उनले हवाइ क्षेत्रको सुरक्षाको लागि स्थायी जाँचबुझ आयोग बनाउन ऐन संशोधनको मस्यौदा तयार गरिएको उल्लेख गरे।
हवाइ दुर्घटनामा पर्ने नागरिक, लगेज, ब्यागेज दाबीलगायतका बीमाको मस्यौदामा काम भइरहेको जानकारी दिए।

‘मैले मन्त्रालय सम्हालेको १० दिनमै हवाइ दुर्घटना भयो। त्यसको केही दिनपछि अर्को दुःखद घटना भयो’, मन्त्री पाण्डेले भने, ‘हामीले १०० दिनमा धेरै कुरा सिक्यौँ। काम गर्ने आधार पनि तयार गरेका छौँ। अब रिजल्ट देखिन्छ।’
पर्यटन प्रवर्द्धनका क्षेत्र र सांस्कृतिक क्षेत्रका प्रगति सुनाए। पशुपति विकास कोष २०४४ संशोधन गर्न लागेको बताए।
‘१०० दिनको अनुभवका आधारमा मन्त्रालय एक्लैले केही गर्न सक्ने रहेनछ। मन्त्रालय सफल हुन निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको महशुस भयो’, मन्त्री पाण्डेले भने।
Shares

प्रतिक्रिया