समाज


सुर्खेतमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

सुर्खेतमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार ११:४३, सुर्खेत

सुर्खेतको बराहताल गाउँपालिकामा मिनीबस (एसएमएल) दुर्घटना भएको छ। ०२२ १ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाही रहेको प्रहरीले जनाएको छ। 

जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश गाडी कर्णाली राजमार्ग अन्तर्गत बराहताल गाउँपालिका–८ को हुड्के नजिक ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले अनुसार दुर्घटनामा परि ६ जना घाइते भएको जानकारी दिए। 

उनका अनुसार अघाइतेहरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ।

२९ जना यात्रु सवार उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टिएको प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad