समाज


कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु, अर्का घाइते

कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार ६:२, काठमाडौँ

कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक  घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दिएको जानकारीअनुसार पूर्वपश्चिम राजमार्गमा पर्ने शिवराज नगरपालिका–१ स्थित भाइरलडाँडामा सवारी दुर्घटना भएको हो। 

दुर्घटनामा दाङको राप्ती गाउँपालिका–४ मौरिघाट घर भएका मोटरसाइकल चालक २७ वर्षीय लिलाराम कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलको  पछाडि सवार राप्ती ४ कै २९ वर्षीय खुसीराम चौधरी घाइते भएका छन्। 

अर्घाखाँचीबाट भारतको दिल्लीतिर जाँदै गरेको लु २ ख २१४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ३४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। 

घाइते चौधरीरीको स्थानीय संजीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad