समाज


देशभर पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभाव, राति कस्तो होला मौसम?

देशभर पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभाव, राति कस्तो होला मौसम?

प्रतीकात्मक तस्बिर: पश्चिमी वायु


नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १९:१, काठमाडौँ

हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

जसका कारण यतिबेला (बुधबार बेलुका) कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसम महाशाखाका अनुसार आज राति (भोलि बिहान ६ बजेसम्म) देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आंशिक बदली भनेको आकाशमा पातलो बादल लाग्नु हो भने मौसम मुख्यतया सफा भनेको लगभग आकाश खुला हुनु हो। 

मौसमविद्का अनुसार एक/दुई स्थानमा वर्षाको सम्भावना देखिनु भनेको पानी पर्ने सम्भावना निकै कम रहनु हो। 

देशभरका पहाडी क्षेत्रका एक/दुई स्थान भन्नाले सम्बन्धित क्षेत्रका जुनसुकै एक/दुई ठाउँमा पानी पर्नसक्छ भनेर बुझ्नपर्ने हुन्छ, वर्षा यही ठाउँमा हुन्छ भने निश्चित स्थान तोक्न भने नसकिने मौसमविद् बताउँछन्। 

यस्तै हल्का वर्षा भनेको १० मिलिमिटरभन्दा कम पानी पर्नु हो। 

हाल नेपालमा पोस्ट मनसुन चलिरहेको छ। यही अक्टोबर १२ तारिखका दिन मनसुन हटेर पोस्ट मनसुन सुरु भएयता देशभर पश्चिमी वायु सक्रिय भएको हो। 

पोस्ट मनसुन नोभेम्बरसम्म रहन्छ र यसपछि अर्थात् डिसेम्बरदेखि विन्टर (हिउँदयाम) लाग्छ। विन्टरमा पनि पश्चिमी वायु नै सक्रिय रहन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad