समाज


लेखक घिमिरेको ‘सामुदायिक समाजवाद’ प्रकाशित

लेखक घिमिरेको ‘सामुदायिक समाजवाद’ प्रकाशित

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १५:२२, काठमाडौँ

नेपालमा समाजवादको बहस तीब्र बनिरहेका बेला लेखक सोमत घिमिरे ‘सामुदायिक समाजवाद’ पुस्तक लिएर पाठकसामु आएका छन्। ‘मदाने बुक्स’ द्वारा प्रकासित पुस्तकमा घिमिरेले समाजवादका लागि नेपाली विशेषताहरुको बृहत व्याख्या गरेका छन्।  

आठ खण्ड रहेको पुस्तकको पहिलो खण्डमा घिमिरेले नेपालका सामूदायिक अभ्यास, सामूदायिक व्यवस्थापन समाजवादका लागि किन र कसरी सहयोगी सिद्ध हुनसक्छ, त्यसको चर्चा गरेका छन्। दोस्रो र तेस्रो खण्डमा उनले समाजवादका लागि संघीयताको सबलीकरणमा जोड दिएका छन्।   

पहिचानको मुद्दालाई सम्बोधन गर्ने हो भने नेपालको संविधानले परिकल्पना गरेको संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र, विशेष क्षेत्रको निर्माण गर्नुपर्ने उनको भनाई छ।

यसैगरी नेपाली समाजको सांस्कृतिक विविधतालाई स्वीकार गरी सामूदायिक–सांस्कृतिक भावनाअनुसार प्राकृतिक स्रोतको व्यवस्थापन, प्राकृतिक स्रोतको उत्पादनशीलता, उद्यमशीलतामार्फत् रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रको सबलीकरण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।  

स्थानीय सरकारको ठूलो भूमिका संघीय राज्य व्यवस्थापनका लागि महत्त्वपूर्ण हुने र प्रादेशिक स्वायत्ततालाई व्यवस्थापन गरी स्थानीय सरकारको सवलीकरण गर्नुपर्ने बताउँछन् घिमिरे।

उनको भनाई छ, ‘समाजवादका लागि शिक्षा, कृषि, पर्यटनमा स्थानीय सरकारको सहजिकरणमा सामुदायिक नेतृत्वमा व्यवस्थापन गरी प्रत्यक्ष लोकतन्त्रलाई बढावा दिनुपर्छ।’

‘स्थानीय उत्पादन बृद्धि नभएसम्म समाजवादको आधार तयार हुँदैन’ पुस्तकमा उनी भन्छन्, ‘व्यापारमुखी अर्थनीतिलाई उत्पादनमुखी अर्थनीतिमा रुपान्तरण गर्नुपर्छ।’  

पुस्तकको अन्तिम खण्डमा घिमिरेले दलहरुको लोकतान्त्रिकरण के हो भन्ने बारेमा विश्लेषण गर्दै दलहरुलाई कसरी युवामैत्री, सीमान्त समुदायमैत्री बनाउन सकिन्छ भन्ने चर्चा गरेका छन्।

उनको निष्कर्ष छ,‘दलभित्र सुशासन नभएसम्म राज्यव्यवस्थाको सुशासन टाढाको विषय हुनेछ।’  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad