समाज


ललितपुरमा १५ देशका वैज्ञानिकको सम्मेलन हुने

ललितपुरमा १५ देशका वैज्ञानिकको सम्मेलन हुने

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार ७:९, काठमाडौँ

ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिवसीय सम्मेलन हुने भएको छ। 

नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा यही कात्तिक ९ गतेदेखि ११ गतेसम्म ललितपुरस्थित होटेल हिमालयमा सम्मेलन गर्न लागिएको हो।

सम्मेलनमा वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल गर्ने सम्मेलनका सहसंयोजक डा देवलप्रसाद भट्टराईले जानकारी दिए।  

‘सम्मेलनले वैज्ञानिकलाई भेला पारेर आआफ्ना उपलब्धि र अनुभव साटासाट गर्न लागिएको हो, यो सम्मेलनमा चीन, भारत, मलेसिया, इण्डोनेसिया, जापान, अमेरिकालगायत १५ देशका वैज्ञानिक आउँछन्। चीनबाट मात्रै १६ जना वैज्ञानिकहरु सहभागी हुनेछन्’, उनले भने। 

वातावरण र ऊर्जा क्षेत्रको विषयमा केन्द्रित रहेर छलफल हुने सम्मेलनमा विश्वका अन्य मुलकले शिक्षा, स्वास्थ्य, उद्योगलगायत क्षेत्रमा अपनाइरहेका वैज्ञानिक पद्धतिका बारेमा छलफल हुने छ। 

इन्जिनियरिङ र विज्ञानका क्षेत्रमा सन् २००८ पछि हरेक वर्ष यस्ता कार्यक्रम भइरहेको जानकारी दिँदै भट्टराईले स्वास्थ्यका क्षेत्रमा क्यान्सर र मधुमेहको उपचारका विषयमा अध्ययन अनुसन्धानबाट पत्ता लागेका कुरा आदानप्रदान हुने जानकारी दिए।

एक सय ३६ जनाको उपस्थिति रहने सम्मेलनमा ४० जना विदेशी सहभागी हुनेछन्। सम्मेलनमा अध्ययन अनुसन्धानलाई कसरी दैनिक जीवनमा लागू गर्ने भन्ने विषयमामा छलफल हुने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad