समाज


पोखरामा आज पनि रास्वपा कार्यकर्ताको प्रदर्शन (तस्बिरहरू)

पोखरामा आज पनि रास्वपा कार्यकर्ताको प्रदर्शन (तस्बिरहरू)

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १७:५०, काठमाडौँ

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउविरुद्ध सोमबार पनि पोखरामा प्रदर्शन भएको छ। 

रास्वपा कार्यकर्ताहरूले सोमबार दिनभर पोखरामा प्रदर्शन गरेका हुन्। 

गत शुक्रबार (असोज २) काठमाडौँबाट पक्राउ परेका पूवगृहमन्त्री समेत रहेका लामिछानेलाई सोही दिन स्थलमार्गबाट पोखरा पुर्‍याइएको थियो। 

उनलाई पोखरा लगिएसँगै रास्वपा कार्यकर्ताहरू पनि सँगसँगै भेला भएका थिए। आइतबार दिउँसो लामिछानेलाई कास्की जिल्ला अदालत लगेर म्याद थप गरिएको थियो। 

लामिछानेलाई म्याद थपका लागि अदालत लाँदैगर्दा पोखराका सडकमा कार्यकर्ताहरूले चर्को विरोध गरेका थिए।

सोमबार पोखरामा भएको प्रदर्शनका केही तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad