समाज


अदालतमा रवि, सडकमा समर्थकको घम्साघम्सी (तस्बिरहरू)

अदालतमा रवि, सडकमा समर्थकको घम्साघम्सी (तस्बिरहरू)

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १३:३६, काठमाडौँ

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ। शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि प्रहरीले आइतबार कास्की जिल्ला अदालत, पोखरा लगेको हो। 

रविलाई अदालत लाँदैगर्दा पोखराको सडकमा समर्थकको बाक्लो उपस्थिति छ। उनीहरूले रवि निर्दोष रहेको भन्दै रिहाइको मागसहित प्रदर्शन जारी राखेका छन्। 

हिजो शनिबार पनि रास्वपा शीर्ष नेताहरूसहितले पोखरामा प्रदर्शन गरेका थिए। 

सूर्यदर्शन सहकारीको बचत ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रविलाई पक्राउ गरेको थियो। 

सूर्यदर्शन सहकारीका पीडितले पनि प्रदर्शन गरिरहेको छन्। यी दुवै समूहको प्रदर्शनस्थलको दूरी लगभग ५० मिटरको मात्रै छ। 

प्रहरीले दुवैतर्फका आन्दोलनकारीहरूलाई रोकिरहेको छ। 

सभापति रवि लामिछानेलाई शुक्रबार प्रहरीले पक्राउ गरेपछि रास्वपा कार्यकर्ताहरू आक्रोशित बनेका छन्।

आइतबार रास्वपा समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो। कास्की जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपनि रास्वपाका समर्थकहरूले प्रदर्शन जारी राखेपछि अवस्था तनावग्रस्त बनेको हो। 

महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डले निषेधाज्ञा जारी गरेका थिए। 

तर, प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि अवस्था तनावग्रस्त बनेको हो।

अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता र समर्थक र प्रहरीबीच अहिले ठेलमठेलको अवस्था छ।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad