ad ad

समाज


तनहुँको बन्दीपुरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

तनहुँको बन्दीपुरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

नेपालखबर
फागुन २८, २०७६ बुधबार ७:६,

तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँपुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

सडकबाट १५० मिटर तल ट्याक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .