समाज


मेषको रोकिएका काम पुनः सुरु हुने, वृष प्रतिस्पर्धामा सफल हुने, तपाईँको के? हेर्नुस् ४ कात्तिकको राशिफल

मेषको रोकिएका काम पुनः सुरु हुने, वृष प्रतिस्पर्धामा सफल हुने, तपाईँको के? हेर्नुस् ४ कात्तिकको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
कात्तिक ४, २०८१ आइतबार ४:३६, काठमाडौँ

आज आइतबार, ४  कात्तिक २०८१ (२० अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : रोकिएका काम पुनः सुरु हुन सक्छन्। लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, सुरु गरेका काम सम्पन्न हुनेछन् तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५६ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। ताममसीक भोजन नगर्ने।

वृष : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ काम र शुभ समाचार सुन्न पाइएला। रोकिएका अधुरा काम पुनः सुरु हुनसक्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन : नजिकका व्यक्तिबाट काममा बाधा आउला। स्वास्थ्य प्रतिकूल रहन सक्छ। अतः स्वस्थ्यप्रति सचेत रहनु होला। दबाब र तनाव बढेको महसुस हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर साँझमा शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४९ यात्राको योग  ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

कर्कट : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ। शेयर बजारले पनि राम्रै साथ दिनसक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२, प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : आँटेको र ताकेको कार्य पुरा होला। शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। नसोचेको ठाउँबाट धनागम हुनेछ। कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५० ,व्यापारमा ६२, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६६, प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कन्या : स्वास्थ्यमा सुधार आउनेछ। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८ व्यापारमा ६१, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। उत्तर दिशा नजाने।

तुला : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन, तर तीर्थाटनको योग छ। 

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३२ ,व्यापारमा ४० ,सेयर बजारमा ३५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक : सोचेको आँटेको काममा फाइदा मिल्नेछ। रमणीय र सुखद् यात्राको योग छ। मनोरञ्जनमा सहभागिता भइएला। आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ, तर बोली वचनमा भने संयमता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

धनु : समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६९, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१ ,यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।   

मकर : बन्धु बान्धवबाट सहयोग मिल्नेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। सजिलै अरुको विश्वास जित्न सकिनेछ। ज्ञान र अध्यात्मको भावना बढ्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, सेयर बजारमा ५६,  वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५४ ,यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

कुम्भ : स्वास्थ्यप्रति सजग रहनु होला। काममा अवरोध सृजना हुनसक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्ने छ। यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ, साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८ ,व्यापारमा ३९, सेयर बजारमा ६० ,वैदेशिक कार्यमा ४९ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने। 

मीन : इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ। अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५६ ,सेयर बजारमा ५५, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad