समाज


ट्रायल पास गर्ने बित्तिकै नागरिक एपमार्फत लाइसेन्स  प्राप्त हुने

ट्रायल पास गर्ने बित्तिकै नागरिक एपमार्फत लाइसेन्स  प्राप्त हुने

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार १४:४७, काठमाडौँ

सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने भएको छ। नागरिक एपमार्फत लाइसेन्स उपलब्ध गराइने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन्। 

त्यस्तै सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको र यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य हुने उनको विश्वास छ। 

बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा भोलिदेखि यो व्यवस्था सुरु हुने बताइएकोछ। नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको समेत ओलीले जानकारी गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad