समाज


रवि लामिछानेलाई पक्राउ गरेर पठाउन सीआईबीसहित तीन कार्यालयमा पत्राचार

रवि लामिछानेलाई पक्राउ गरेर पठाउन सीआईबीसहित तीन कार्यालयमा पत्राचार

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १८:९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेर पठाइदिन जिल्ला प्रहरी कार्यालय कास्कीले पत्राचार गरिसकेको छ। शुक्रबार अदालतबाट अनुमति लिए लगतै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्राचार गरेको हो। 

ठगी तथा संगठित अपराध सम्बन्धि मुद्दाको अनुसन्धानको लागि लालचन्द्र लामिछानेका छोरा काठमाडौं महानगरपालिका ६ स्थायी वतन भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ८ आत्तिगौंडा बस्ने गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन संचालक एवं प्रबन्ध निर्देशक ४९ वर्षको रवि लामिछानेलाई पठाइदिन पत्रमा भनिएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले पठाएको पत्र प्राप्त हुनासाथ यी तीनै युनिटका प्रहरी राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थलीमा पुगेका छन्। आफूलाई पक्राउ गर्ने पहिल्यै चालपाइसकेका पूर्व गृहमन्त्री लामिछाने अहिले कार्यकर्ता जम्मा गरेर पार्टी कार्यालयमै छन्। 

उनले पक्राउ पूर्जी जारी भएपछि सरकार मरेको र आफूहरुलाई जुठो परेको जस्ता प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad