समाज


पाँच वर्षअघि पनि पक्राउ परेका थिए रवि

पाँच वर्षअघि पनि पक्राउ परेका थिए रवि

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १८:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको तयारी छ। 

पोखराको सूर्यदर्शन सहकारीमा सर्वसाधारणको बचत रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा शुक्रबार साँझ प्रहरीले उनलाई पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गर्न लागेको हो।

उनी दोस्रो पटक पक्राउ पर्न लागेका हुन्।

पाँच वर्षअघि पनि उनलाई प्रहरीले पक्राउ गरेर १५ दिन थुनामा राखेको थियो। 

त्यतिबेला न्युज २४ टेलिभिजनमा काम गर्ने नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने २०७६ साउन ३१ गते पक्राउ परेका थिए।

उनलाई त्यसबेला चितवन र काठमाडौँको संयुक्त प्रहरी टोलीले रविलाई न्युज २४ को कार्यालयबाटै नियन्त्रणमा लिएको थियो।

उनी चितवनमा १५ दिन थुनामा बसेर निस्किएका थिए।

त्यसपछि फेरि टेलिभिजनमै सिधा कुरा जनतासँग चलाइरहेका रविले २०७८ मा ग्यालेक्सी फोरके टेलिभिजनमा प्रबन्ध निर्देशक बन्दै समाचार कक्षको नेतृत्व गरे।

तर, सो टेलिभिजनमा रविलाई स्वीट सेयर दिइएको थियो।

तर, पोखराको सुर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा लगेर अपचलन गरेको सहकारी छानविन संसदीय विशेष समितिले ठहर गर्दै रविलाई कारवाहीको सिफारिस गरेको थियो। संसदीय विशेष समितिको सिफारिस अनुसार प्रहरीले रविलाई पक्राउ गर्न लागेको हो। 

२०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेर प्रतिनिधि सभाको चुनावमा होमिए।

पार्टी स्थापना गरेको ६ महिनामै उनको दलले ७ प्रत्यक्ष र १३ जना समानुपातिक सांसद जित्न सफल भएको थियो।

तर, गोरखा मिडिया नेटवर्कमा सर्वसाधारणको बचत रकम दुरुप्रयोगमा रविको पनि संलग्नता रहेको पाइएपछि अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad