फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटाले एक कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।
कम्पनीको खाना भौचरको दुरुपयोग गरेको आरोपमा ती कर्मचारीलाई हटाएको बीबीसीले उल्लेख गरेको छ।
समाचारअनुसार उक्त भौचर प्रणाली दुरुपयोग गर्दै ती कर्मचारीले दाँत माझ्ने मञ्जन र वासिङ पाउडर खरिद गरेकोले हटाइएको हो।
मेटाले कर्मचारीलाई लन्चका लागि २५ अमेरिकी डलर, ब्रेकफास्टका लागि २० डलर र डिनरका लागि २५ अमेरिकी डलरको भौचर दिन्छ। जुन भौचरबाट ग्रुपहब (जस्ट इटको टेकअवे वेबसाइट)बाट खाना अर्डर गर्नुपर्छ।
गत हप्ता मात्र यस सुविधाको दुरुपयोग गरेको भन्दै ३० जनालाई कामबाट हटाइएको थियो।
45
Shares

प्रतिक्रिया