समाज


दसैँ अवधिमा काठमाडौँ उपत्यकाबाट चोरिए १२५ वटा मोटरसाइकल

काठमाडौँ महानगरबाट मात्रै ७४ वटा मोटरसाइकल हराए
दसैँ अवधिमा काठमाडौँ उपत्यकाबाट चोरिए १२५ वटा मोटरसाइकल

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार ११:१३, काठमाडौँ

दसैँ अवधिमा काठमाडौँ उपत्यकाबाट एकसय २५ वटा मोटरसाइकल चोरी भएका छन्। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयकाअनुसार असोज १७ गतेदेखि २८ गतेसम्ममा उपत्यकाका १८ वटा स्थानीय तहमध्ये चारवटा स्थानीय तहबाट मात्रै मोटरसाइकल हराएको रिपोर्ट छैन। 

बाँकी १४ वटा स्थानीय तहमा मोटरसाइकल चोरी भएका हुन्।

सबैभन्दा धेरै काठमाडौँ महानगरपालिकामा मोटरसाइकल चोरी भएका छन्। यो अवधिमा काठमाडौँ महानगरपालिका भित्रबाट ७४ वटा मोटरसाइकल हराएका छन्। 

काठमाडौँ महानगरपालिकाको वडा नं ६ बाट १३ वटा र वडा नं १६ बाट १० वटा मोटरसाइकल हराएको प्रहरीले जानकारी दिएको छ। 

शुक्रबार धेरै मोटरसाइकल चोरी भएको पनि उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ। बेलुका ९ बजेदेखि १२ बजेको बीचमा बढी मोटरसाइकल हराएका छन्। 

भित्रि सडकको पेटीमा पार्किङ गरेका मोटरसाइकल धेरै हराएका छन्। २२० पल्सर मोटरसाइकल सबैभन्दा बढी चोरी भएको पनि प्हरीले जानकारी दिएको छ। काठमाडौंको बौद्ध क्षेत्र बढी असुरक्षित देखिएको छ। 

चोरी भएका मोटरसाइकल खोजि भइरहेको पनि प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad