राष्ट्रपति रामचन्द्र पौडेल दम्पतीले बाजुराको बडीमालिका मन्दिर दर्शन गरेका छन्। बिहीबार उनीहरू बडीमालिका पुगेर मन्दिर दर्शन गरेका हुन्।
कर्णाली प्रदेशस्थित सुर्खेतबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेसहित बडीमालिका पुगेका छन्।
उनीहरू हेलिकप्टरमार्फत बडीमालिका दर्शनका लागि पुगेका हुन्। उनले नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
बडीमालिका मन्दिर क्षेत्र चार हजार दुई सय मिटर उचाइमा अवस्थित छ।
बडीमालिकामा प्राचीन कालदेखि नै भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन पूजाआजासहित मेला लाग्छ।
24
Shares

प्रतिक्रिया