राजनीति


शंकर पोखरलेको प्रस्टोक्ति- ललिता निवाससँग मीनबहादुरले दिएको जग्गाको कुनै साइनो छैन

शंकर पोखरलेको प्रस्टोक्ति- ललिता निवाससँग मीनबहादुरले दिएको जग्गाको कुनै साइनो छैन

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १३:११, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले व्यवसायीबाट जग्गा सहयोग लिनु कुनै आश्चर्यको विषय नभएको दाबी गरेका छन्। 

बिहीबार बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन्। 

व्यवसायी मीनबहादुर गुरुङले १० रोपनी १४ आना जग्गा सहयोग गर्न चाहेको र त्यसलाई एमालेले स्वीकार गरेको बताए। 

‘उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो,’ महासचिव पोखरेलले भने, ‘हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ।’ 

साथै, उनले मीनबहादुरसँग जग्गा सहयोग लिँदैगर्दा अन्य कुनै अदृश्य सम्झौता नभएको पनि दाबी गरे। 

महासचिव पोखरेलले गुरूङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लगेको कीर्तिपुरको जग्गाको कुनै साइनो समेत नभएको बताए। 

एमालेलाई कमजोर बनाउन चाहनेहरूले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रुपमा गलत प्रचार गरेको पनि जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad