ad ad

समाज


गृहमन्त्रीका भाइलाई प्रहरीले खोजेन, आफैं पुगे कारागार

गृहमन्त्रीका भाइलाई प्रहरीले खोजेन, आफैं पुगे कारागार

नेपालखबर
फागुन २७, २०७६ मंगलबार १५:९,

गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा यतिबेला डिल्ली बजार कारागारमा छन्। तर, उनलाई प्रहरीले पक्राउ गरेर त्यहाँ लगेको होइन, गत साता उनी आफैं कारागार पुगेका हुन्।

गएको भदौमा पक्राउ परेका नरेशलाई काठमाडौं जिल्ला अदालतको आदेशमा प्रहरीले असोज एक गते नै थुनामुक्त गरेको थियो।

तर, उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश उल्ट्याइदियो। माघमा उच्च अदालतले थापालाई थुनामै राख्न आदेश दियो। त्यसअघि यही घटनामा संलग्न अरु थुनामा गए पनि उनलाई भने प्रमाण नपुगेको भन्दै छाडिएको थियो।

अपराधिक लाभ र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएका थापालाई उच्च अदालतको आदेशपछि प्रहरीले पक्रेको थिएन। प्रहरी उनलाई खोज्दै गएन, उनी पनि प्रहरी खोज्दै आएनन्।

प्रहरीको अभिलेखमा उनी फरार सूचीमै थिए। तर, गत साता आफैं डिल्लीबजार कारागार पुगे र आत्मसमर्पण गरे।

‘उहाँ आफैं आउनु भएको हो, प्रहरीले पक्रेर ल्याएको होइन,’ कारागार स्रोतले भन्यो।

काठमाडौंका न्यायाधीश वेदिनीप्रसाद पौडेलको इजलासले थुनामुक्त गरेका थापालाई उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले थुनामा पठाउने आदेश दिएको थियो।

निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले जाहेरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्रेको थियो। सोही मुद्दामा सुरेन नगरकोटी बलामी, वीरबल भट्टराई, विनोद लामा, पवन खड्का र शैलेश प्रजापति पुर्पक्षका लागि थुनामै छन्।

लामिछानेलाई धम्क्याउने गुण्डा नाइके समीरमान बस्नेतसँग ‘कनेक्सन’ देखिएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो। तर नरेशले अदालतमा उक्त समूहसँग आफ्नो चिनजान समेत नरहेको बयान दिएका थिए। 

यो पनि:

गृहमन्त्री थापाका भाइलाई थुनामा राख्न उच्च अदालतको आदेश

गृहमन्त्रीका भाइ धराैटीमा छुटे, पाँच जनालाई थुनामा राख्न आदेश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .