समाज


कोटेश्वर-कलंकी सडकमा ठुला सवारी बायाँ, साना र निजी सवारी दायाँ लेनबाट

कोटेश्वर-कलंकी सडकमा ठुला सवारी बायाँ, साना र निजी सवारी दायाँ लेनबाट

नेपालखबर
फागुन २७, २०७६ मंगलबार १३:३७,

ट्राफिक प्रहरीले कोटेश्वर–कलंकी ८ लेन सडक खण्डमा सवारी साधन सञ्चालन गर्न निश्चित लेनको व्यवस्था गरेको छ।

साे सडक खण्डमा चैत २ गतेदेखि यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने मुख्य (द्रुत) लेनबाट मात्र चलाउने व्यवस्था लागू गरिने भएको छ।

पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

सो सडक खण्डलाई व्यबस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने हुँदा यसको प्रभावकारी कार्यान्वयन गर्नका लागी सम्बन्धित सरोकारवाला निकाय र संघ संस्था, यातायात सञ्चालक र व्यवसायीहरू, नागरिक समाज आदिसँग छलफल गरेको छ। नियम कार्यान्वयनको लागि ट्राफिक प्रहरीलाई सहयोग पुग्ने गरि अनुगमनको लागि सम्बन्धित सबै पक्षको प्रतिनिधित्व हुने गरी समितिसमेत गठन गरिएको छ।

मासिक ८५ को हाराहारीमा सवारी दुर्घटना
देशकै पहिलो १० किमी लम्बाई भएको ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ्क रहेको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरि जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढेको हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताए।

महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ।

यस अघि महाशाखाले जडिवुटी–सुर्यविनायक सडक खण्डमा पनि सोही नियम कार्यान्वयनमा ल्याएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad