विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर नेपाली फिल्म उद्योगमा पनि परेको छ। भिडभाडमा नजान र सार्वजनिक भेला, सभा, समारोह नगर्न सरकारले गरेको आग्रहपछि हलमा पुगेर चलचित्र हेर्ने दर्शकको अभाव हुन थालेको छ।
सोही चपेटामा प्रदर्शनको तयारीमा गरेको चलचित्र ‘नीरफूल’ पनि परेको छ। फागुन ३० को पूर्वनिर्धारित रिलिज मितिबाट चैत ७ मा सारेको नीरफूलको प्रदर्शन अनिश्चित बनेको निर्माण पक्षले जनाएको छ।
यसबाट दर्शकको निरन्तर पर्खाइ र अपेक्षामा पर्न गएको असुविधाप्रति क्षमा चलचित्र निर्माण पक्षले क्षमा याचना गरेको छ। विश्वव्यापी महामारीको यस्तो प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने मान्यता राखिएको भन्दै स्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने जानकारी गराइएको छ।
Shares

प्रतिक्रिया