समाज


यसरी मनाइयो मुख्यालयमा ६९ औँ प्रहरी दिवस (तस्बिरहरू)

यसरी मनाइयो मुख्यालयमा ६९ औँ प्रहरी दिवस (तस्बिरहरू)

नेपालखबर
असोज २९, २०८१ मंगलबार १४:४, काठमाडौँ

६९औँ प्रहरी दिवस मंगलबार नेपाल प्रहरीले विभिन्न कार्यक्रम गरी मनाएको छ। 

प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री रमेश लेखकसहितको उपस्थितिमा विभिन्न कार्यक्रम गर्दै मनाइएको हो।

प्रहरी प्रधान कार्यालयमा श्रद्धाञ्जली समारोह, अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गरिएको छ। 

प्रहरी दिवस २०८१ स्मारिका र नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका पनि गृहमन्त्री रमेश लेखकले लोकार्पण गरेका छन्। 

सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले अमर प्रहरीका परिवारहरूलाई सद्भाव सहयोग प्रदान गरिन्।

समारोहमा विशिष्ट अतिथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्द, पूर्व आयुक्त एवं अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बराल, गृह सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहरा, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरू, अन्य विशिष्ट अतिथि महानुभावहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरूले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad