काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ बाट १ थान पेस्तोल र ३ राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सोही ठाउँ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनको घर तालसी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया