समाज


सर्तसहित वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर बेलायत जाँदै मेयर साम्पाङ

सर्तसहित वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर बेलायत जाँदै मेयर साम्पाङ

मंगलबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनपछि मेयर हर्कराज राई (साम्पाङ) (तस्बिर : साम्पाङको फेसबुकबाट)


नेपालखबर
असोज २९, २०८१ मंगलबार १२:२७, काठमाडौँ

धरान उपमहानगरपालिका मेयर हर्कराज राई साम्पाङले उपमहानगरपालिकाको कार्यवाहक जिम्मेवारी वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई दिएका छन्। 

आगामी अक्टोबर १७ तारिक (बिहीबार) बेलायत जान लागेको मेयर साम्पाङले गत असोज २३ गते नै पत्र पठाएर असोज २८ गतेदेखि कार्यवाहक जिम्मेवारी निर्वाह गर्न वडाध्यक्षलाई भनेका छन्। 

उनले केही सर्त राख्दै सामान्य रेखदेख र निर्देशनको अधिकार प्रत्यायोजन गरिएको पनि बताएका छन्। 

आगामी नोभेम्बर २ तारिखमा स्वदेश फर्कने कार्यतालिका बनाएका मेयर साम्पाङले दैनिक ५ हजारभन्दा बढी आर्थिक सहयोग नगर्ने, कार्यपालिका बैठक बोलाउन नपाइने, कुनै बजेटका योजनाहरू स्वीकृत नगर्ने, कर्मचारीको बढुवा सरुवा नगर्ने लगायतका सर्त राखेर वडाध्यक्ष फागुलाई जिम्मेवारी दिएका हुन्। 

उनले प्रमुख प्रशासकीय अधिकृतलाई पनि यो विषयको बोधार्थ गराएका छन्। बेलायत जानुअघि काठमाडौँमा मेयर साम्पाङ विभिन्न मठमन्दिर घुमाघाम र भेटघाटमा व्यस्त छन्।

साम्पाङले उपमेयर अइन्द्रविक्रम बेघा हुँदाहुँदै वडाध्यक्षलाई जिम्मेवारी दिएका हुन्। बेघा माओवादी केन्दबाट निर्वाचित भएका हुन्। 

यसअघिदेखि नै मेयर साम्पाङ र उपमेयर बेघाबीच सम्बन्ध राम्रो थिएन।

कार्यपालिका बैठकमै आफूलाई ‘विषालु मनको मान्छे’ भन्दै मेयर साम्पाङले फेसबुकमा लेखेको भन्दै उपमेयर बेघाले फायर खोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad