समाज


राशिफल २८ असोज : कुम्भको प्रेममा मनमुटाव हुने, मिथुन आश्वासन बाँड्नेहरूको घेरामा पर्ने, तपाईँको के?

राशिफल २८ असोज : कुम्भको प्रेममा मनमुटाव हुने, मिथुन आश्वासन बाँड्नेहरूको घेरामा पर्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असोज २८, २०८१ सोमबार ४:३७, काठमाडौँ

आज सोमबार, २८ असोज २०८१ (१४ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : अनपेक्षित शुभ समाचारले हौसला बढाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुँजी बजारबाट फाइदा हुनेछ। साँझपख केही पैसा खर्च हुन सक्छ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। नयाँ योजनाबाट राम्रो सफलता मिल्नेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछन्। परोपकारी कार्यमा संलग्न भइनेछ। कसै-कसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ कालो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मिथुन : सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। लगनशीलताले काम अगाडि बढ्नेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम छ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पढाइलेखाइमा पनि त्यति प्रगति गर्न नसकिने देखिन्छ। बोल्दा विचार पुर्‍याउनु होला। साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

सिंह : दिन अविष्मरणीय सम्झनाले बित्नेछ। शुभ कार्यमा सरिक भइएला। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : शुभ समाचार सुन्न पाइएला। नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला : रोकिएका काम पुनः सुरु हुनेछन्। मनमा दुबिधा उत्पन्न हुनेछ। दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु होला। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : अधुरो कार्यले पूर्णता पाउनेछ। शुभ कार्यमा सरिक भइनेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। प्रेमीको सहयोग प्राप्त हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

धनु : परोपकार तथा सामाजिक सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : आँटे-ताकेको कार्य पूरा होला। घरमा अतिथिको आगमन हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ : मनमा प्रसन्नता छाउनेछ। प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। परोपकारका क्षेत्रमा लगानीको समय छ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। इज्जत र प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। प्रेम बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad