समाज


अवरुद्ध सिद्धिचरण राजमार्ग सुचारु

अवरुद्ध सिद्धिचरण राजमार्ग सुचारु

नेपालखबर
असोज २६, २०८१ शनिबार १६:२१, कटारी

सुक्खापहिरो गएपछि अवरुद्ध सिद्धिचरण राजमार्गको उदयपुरको कटारी–घुर्मी सडक सुचारु भएको छ। शुक्रबार बिहानदेखि कटारी नगरपालिका–१४ स्थित भदौरेमा पहिरोले अवरुद्ध सडक आजदेखि सुचारु भएको हो।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले सडक सुचारु भएको जानकारी दिए।

‘हिजो साँझसम्मको अथक प्रयासपछि सडक खुलेको छ,’ उनले भने, ‘ओखलढुङ्गाको हर्कपुरस्थित सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर मगाएर सडक सुचारु गरिएको हो।’

पहिरो जति पन्छाए पनि माथिबाट झर्ने क्रम जारी हुँदा सडक सुचारु गर्न समय लागेको हो।

‘आज बिहानसम्म पनि माथिबाट पहिरो झर्ने क्रम जारी थियो तर निरन्तरको प्रयासले अहिले सडक सञ्चालन भइसकेको छ’, उपरीक्षक बजगाईंले भने।

यस सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरहरुबाट पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने यात्रु र पहाडी जिल्लाबाट तराई क्षेत्र आउने यात्रुलाई समस्या भएको थियो।

आज सडक सुचारु भएपछि सवारीसाधनहरु आउजाउ गर्न थालेको कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले बताए।

सडक सञ्चालन गर्न मिर्चैया–कटारी–घुर्मी सडक कार्यालय कटारी तथा प्रहरीलगायतले शुक्रबार रातिसम्म काम गरेका थिए। दसैँका बेला यात्रुहरु रोकिएपछि दिनरात खटेर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad