कारोबार


दुई–तीन दिनभित्रै मास्कको अभाव हट्छ, ७ रुपैयाँमै उपलब्ध गराउँछौँ : अध्यक्ष श्रेष्ठ

दुई–तीन दिनभित्रै मास्कको अभाव हट्छ, ७ रुपैयाँमै उपलब्ध गराउँछौँ : अध्यक्ष श्रेष्ठ

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ९:२५,

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई-दिन दिनभित्रै मास्क सहज रुपमा उपलब्ध हुने बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको नोवल कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले चेम्बरले अहिले दैनिक १५ हजार माक्स उत्पादन गरिरहेको बताए।

उनले अहिले सबैतिर माक्स र स्यानिटाइजरको अभाव रहेको गुनासो आएको बताउँदै उनले कच्च पदार्थ आइपुगेको र उत्पादन गरी दुई दिनभित्रै बजारमा पठाउने तयारी भइरहेको जानकारी दिए।

‘चेम्बरको पहलमा अहिले दैनिक १५ हजार सर्जिकल मास्कको उत्पादन सुरु गरिसक्यौँ’, उनले भने। उनले एक÷दुई दिनभित्रै डिलर र जिल्लाहरुमा पठाउने तयारी भइरहेको जानकारी दिए। उनले विदेशबाट आउनेहरुलाई एयरपोर्टमा निःशुल्क माक्स उपलब्ध गराउनेगरी तयारी गरिरहेको जानकारी दिए।

‘बजारमा ३० रुपैयाँसम्म लिएको सुन्यौँ, भ्याटका कारण पनि अलि बटी परेको हो’, उनले भने, ‘भ्याट आफैले तिर्ने गरेर कस्ट टु कस्ट ७ रुपैयाँमा उपलब्ध गराउने विषयमा छलफल भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad