ad ad

समाज


घरभित्र सुतिरहेकी ९ वर्षीया बालिकालाई चितुवाले लग्यो

घरभित्र सुतिरहेकी ९ वर्षीया बालिकालाई चितुवाले लग्यो

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ७:३८,

मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ।

लुहारलाई मंगलबार बिहान चार बजे ओछ्यानमै चितुवाले आक्रमण गरी लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए।

उनले पछिल्लो समय बैतडीमा चितुवाको आतंक बढेको बताए। उनका अनुसार यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई पनि चितुवाले आक्रमण गरी घाइते बनाएको थियो।

उनले २०६८ सातयता बैतडीमा २५ जनाको चितुवाले ज्यान लिइसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .