सिन्धुलीमा सोमबार भएको बस दुर्घटनामा ज्यान गुमाउने अर्का यात्रु खोटाङका भएको खुलेको छ। काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ गइरहेको बस सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ स्थित द्वारखोला पुलस्थित मदनभण्डारी राजमार्गमा दुर्घटना भएको थियो।
दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो।
मृतक मध्ये एक जना भोजपुरको हतुवागढी गाउँपालिका १ का २६ वर्षीय बुद्धिमान तामाङ रहेको खुलेको थियो। तर अर्का युवकको पहिचान हुन सकेको थिएन।
सिन्धुली दुर्घटनामा ज्यान गुमाउने भोजपुर हतुवागढीका एक जनाको सनाखत
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मृतकका दाइ सोनाम राईले सम्पर्क गरेर आफ्नो भाइ दुर्घटनामा परेको बताएका हुन्। सिन्धुलीका प्रहरी प्रवक्ता डीएसपी अनिल कुमार खड्काले मृतकका दाइ सिन्धुली आउँदै गरेको बताए।
‘उहाँ आएर हेरिसकेपछि आधिकारिक रुपमा पुष्टि हुन्छ। अहिले उहाँले उक्त गाडीमा आफ्नो भाइ रहेको र दुर्घटनामा परेको भन्नु भएको छ। यहाँ आएपछि आधिकारिक पुष्टि हुन्छ’, डीएसपी खड्काले भने।
बा प्र ०१–००६–६७८५ नम्बरको बस अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना भएको थियो।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्राथमिक स्वास्थ्य केन्द्र कपिलकोटमा एक जना, धरानको घोपा अस्पतालमा १२ जना र जानकी हेल्थ केयरमा ४ जनाको उपचार भइरहेको सिन्धुली प्रहरीले जानकारी दिएको छ।
अरु २८ जना उपचारपछि डिस्चार्ज भएका छन्।
Shares

प्रतिक्रिया