समाज


राष्ट्रपतिले दक्षिणकाली मन्दिरमा पुगेर गरे पूजाअर्चना

राष्ट्रपतिले दक्षिणकाली मन्दिरमा पुगेर गरे पूजाअर्चना

नेपालखबर
असोज २१, २०८१ सोमबार ११:८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँको अवसरमा आज बिहान दक्षिणकाली मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन्। पौडेलको साथमा उनकी पत्नी सबिता पौडेल पनि दक्षिणकाली गएकी थिइन्।

काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ।

सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर  क्षेत्रको पुनःनिर्माणमा सहयोगका लागि आग्रह गरे। 

साथै उनले काठमाडौँ–मकवानपुरको सडक छिटो पुनःनिर्माण गरी  निर्वाध यातायात सञ्चालनको हुनुपर्नेमा जोड दिए। 

राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए। 

राष्ट्रपति पौडेल मन्दिर पुग्दा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad