ad ad

समाज


बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २०५ पुग्यो, २४ अझै बेपत्ता

बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २०५ पुग्यो, २४ अझै बेपत्ता

नेपालखबर
असोज १४, २०८१ सोमबार १८:९, काठमाडौँ

अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या २०५ पुगेको छ। 

प्रहरी प्रधान कार्यालयले सोमबार साँझ दिएको जानकारी अनुसार हालसम्म २०५ जनाको शव फेला परेको हो। 

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा ५६ जना, कोसी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको हो । 

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा २४ जना, कोसी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

साथै काठमाडौँ उपत्यकामा २ हजार १ सय ५५ जना, कोसी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्दार गरिएको छ।

बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका र उनीहÇको खोजी कार्य जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .