मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साइबर अपराधको कसुरमा दुई वटा छुट्टा छुट्टै मुद्दा दायर गरेको सरकारी वकिल कार्यालय प्रमुख सन्देश श्रेष्ठले बताए।
उनीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ टिका संग्रौलाले साइबर ब्यूरोमा उजुरी दिएपछि ब्यूरोले अदालतबाट अनुमति लिएर प्रसाईंलाई असोज ६ गते पक्राउ गरेको थियो। उनीविरुद्ध अर्को पनि उजुरी परेको र उक्त कसुरमा पनि छुट्टै मुद्दा दायर गरिएको श्रेष्ठले बताए।
८ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि ब्यूरोले प्रतिवेदन बुझाएको हो। अनुसन्धान प्रतिवेदन प्राप्त भएलगतै सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको हो।
प्रसाईंलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ वर्षसम्म कैदको माग गरिएको छ। मंगलबार प्रसाईंको अदालतमा बकपत्र हुनेछ। त्यसपछि थुनछेक बहस सुरु हुनेछ। ल
Shares
प्रतिक्रिया