हुन्डाई मोटर कम्पनीले विश्वभर कुल १० करोड सवारीसाधन उत्पादन गरेको छ।
कम्पनी स्थापनाको ५७ वर्षपछि हुन्डाईले कोशेढुंगा पार गरेको हो।
१० करोड सवारीसाधन उत्पादनको उपलक्ष्यमा कम्पनीले कोरियास्थित उल्सन प्लान्टमा एक समारोह नै आयोजना गरेको थियो।
समारोहका दौडान १० करोडौँ र पहिलो सवारीसाधन आयोनिक ५ प्रत्यक्ष रुपमा ग्राहकलाई हस्तान्तरण गरेको थियो। योसँगै कुल गाडी संख्या १० करोड १ पुगेको हो।
यस अवसरमा कम्पनीले ग्राहकलाई धन्यवाद समेत दिएको छ।
उल्सन प्लान्ट सन् १९६८ देखि सञ्चालनमा आएको थियो। यसलाई कम्पनीले कोरियन अटोमोबाइल उद्योगको जन्मस्थल भनेको छ। सोही प्लान्टमा सन् १९७५ मा पहिलोपटक कोरियाकै पहिलो धेरै उत्पादन द पोनी भएको थियो।
अहिले उल्सन प्लान्ट विद्युतीयकरणको केन्द्र बनेको छ। यहाँ कम्पनीले ईभी मात्र उत्पादन गर्न खोज्दै छ।
Shares
प्रतिक्रिया