समाज


आज फागु पर्व, तर होली खेल्दा कोरोना संक्रमणको जोखिम

आज फागु पर्व, तर होली खेल्दा कोरोना संक्रमणको जोखिम

नेपालखबर
फागुन २६, २०७६ सोमबार १:३९,

आज (सोमबार) फागुन शुक्ल पूर्णिमा अर्थात् फागु पर्व, हिमाली तथा पहाडी जिल्लामा आपसमा फागु तथा रङ दलेर मनाइँदै छ।

तर यसपटक विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमण हुने जोखिम रहेकाले होली नखेल्न सरकारले आग्रह गरेको छ।

यसैकारण विगतमा जस्तो यस वर्ष फागु पर्वको रौनक देखिएको छैन।

भेला, सभा, समारोह तथा भिडभाड नगर्न तथा अत्यावश्यक नभई घरबाट ननस्किन गृहमन्त्रालय, स्थानीय प्रशासनले यसअघि नै आग्रह गरिसकेका छन्।

चिकित्सकहरूले पनि हात मिलाउँदा त कोरोना संक्रमण हुने जोखिम रहेकाले होलीमा जथाभावी रङ, अबिर दल्ने तथा भिडभाड गर्ने गर्दा यो खतरा अझ बढ्न भएकाले होली नखेल्न सुझाव दिएका छन्।

विश्व स्वास्थ्य संगठनले नै नेपाललाई पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको देश घोषणा गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ।

तराईमा भने फागुपूर्णिमाको भोलिपल्ट होली मनाउने चलन छ।

तर देशभरै कोरोना संक्रमणको जोखिम देखिएकाले तराईमा पनि यसपटक होलीको रौनक नहुने स्थानीयले बताएका छन्।

याे पनि : 

-कोरोनाका कारण होली नमनाउन सरकारको आग्रह

-गृह मन्त्रालयले भन्योः होली नेखेल्नू, कोरोना सर्न सक्छ

-काठमाडौं जिल्ला प्रशासनले भन्योः अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कनू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad