समाज


परीक्षाको परिणाम हेरफेर गर्ने त्रिवि सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा

परीक्षाको परिणाम हेरफेर गर्ने  त्रिवि सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा

नेपालखबर
असार १८, २०७६ बुधबार १२:५७,

 अख्तियार अनुसन्धान दुरुपयोग आयोगले कर्मचारी भर्नाका लागी भएको परीक्षाको परिणाममा फेरबदल गरेको भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बुधबार अख्तियारले त्रिवि सेवा आयोगले सञ्चालन गरेको कर्मचारी छनौटको परीक्षामा परीक्षार्थीको प्राप्त अंक फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीका मान्छे छनौट गरेको भन्दै अदालतमा मुद्दा दर्ता गरेको हो।

 अख्तियारले अध्यक्ष शर्मा, सदस्य चिन्तामणि पोखरेल, प्रशासकीय प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह–प्राध्यापक राजेश्वर न्यौपाने, ताराप्रकाश पौडेल र रामबहादुर पाण्डे विरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको हो।

२४ शाखा अधिकृतका लागि भएको परीक्षामा ६ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट, त्यस्तै २४ लेखा अधिकेृतमा ६ जनाको उत्तरपुस्तिकामा नम्बर थपघट गरिएको, सहायक कानुनी सल्लाहकार पदमा ३ जनाको,
२४ मूख्य लेखा सहायक पदमा ६ जनाको १२ मूख्य कार्यालय सहायक पद ११ जनाका, १४ कार्यालय सहायक पदमा २ जनाको उत्तरपुस्तिकामा नम्बर थपघट भएको पाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .