भुटानको थिम्पुमा जारी ५ औँ भारत–भुटान मैत्री–टेनिस प्रतियोगितामा राप्रपाका अध्यक्ष कमल थापाले दोस्रो खेल पनि जितेका छन्।
बुधबार भएको ४५ प्लसको भेट्रान्स पहिलो राउण्डमा थापाले भुटानका यसे जामत्सोलाई ६–१,६–१ मा पराजित गरेका हुन्।
मेन्स सिंगल्सको दोस्रो राउण्डमा नेपालका एवन लिसानेविचले भुटानका टेन्डिङलाई ६–२,६–२ मा पराजित गरे।
यस्तै, ४५ं माथिको भेट्रान्समा नेपालका चाम्बा धोण्डुप भुटानका बिरेन बस्नेत द्वारा ६–१, ६–३ मा पराजित भए भने, ४५ं माथिकै अर्को भेट्रान्समा नेपालका प्रताप मोक्तान भारतका देवनम लामाद्वारा ७–६,६–२ मा पराजित भए।
मंगलबार भएको पहिलो राउण्डमा थापाले भुटानका टासी दोर्जेलाई हराएका थिए।
प्रतियोगितामा नेपाल,भारत, बंगलादेश र भुटानका ७२ खेलाडीहरु सहभागी छन्। मेन्स सिंगल्स, लेडिज सिंगल्स,४५ प्लस समुहको भेट्रान्स सिंगल्सका खेलहरु समावेश छन्।
नेपालको तर्फबाट मेन्स (पुरुष) सिंगल्समा एवन लिसानेविच र कमल थापा, लेडिज सिंगल्समा असलेषा लिसानेविच तथा ४५ प्लस सिंगल्समा कमल थापा, चाम्बा धोण्डुप र प्रताप मोक्तानले भाग लिएका छन्।

प्रतिक्रिया