ad ad

समाज


काभ्रेमा बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या १० पुग्यो, १३ बेपत्ता

काभ्रेमा बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या १० पुग्यो, १३ बेपत्ता

नेपालखबर
असोज १२, २०८१ शनिबार १६:३९, काठमाडौँ

अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लामा १० जनाको मृत्यु भएको छ।

शनिबार अपरान्हसम्म जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ३ महिला, ३ पुरुष, ३ बालक र १ बालिका गरी १० जनाको मृत्यु भएको हो। 

त्यस्तै, बाढी पहिरोमा परेर १६ जना घाइते भएको प्रहरीले विवरण सार्वजनिक गरेको छ। अहिलेसम्म १३ जना बेपत्ता भइरहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले बताएको छ। 

प्रहरीले १६ जनाको उद्धार गरिसकेको छ। काभ्रेको धुलिखेल, बनेपा पनौती, नमोबुद्ध नगरपालिका, तेमाल, बेथानचोक र भुम्लु गाउँपालिकाको विवरण प्रहरीले सार्वजनिक गरेको हो। 

देशभर वर्षाका कारणले जनजीवन कष्टकर बनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .