मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा बेपत्ता भएका ६ बालकमध्ये ३ जनाको शव फेला परेको छ।
शनिबार (आज) बिहान कुलेखानी ड्यामको बाँध खोल्दा आएको बाढीले बगाएका ५ बालकमध्ये हालसम्म ३ जनाको शव फेला परेको हो।
कुलेखानीको ड्याम खोल्ने सूचना पाएपछि विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लैजाने क्रममा पहिरो सहित आएको बाढीले ती बालकहरू बेपत्ता भएका थिए।
बेपत्तामध्ये ३ जनाको शव फेला परेको तर सनाखत हुन नसकेको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनील बताए।
मकवानपुर प्रहरी टोली, जिल्ला प्रशासन कार्यालयको टोली तथा बेपत्ता भएका बालकहरूको परिवार घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
1.7k
Shares
प्रतिक्रिया