ad ad

समाज


काभ्रेको नमोबुद्धमा विदेशी नागरिकसहित करिब १५ जना पहिरोमा फसे

काभ्रेको नमोबुद्धमा विदेशी नागरिकसहित करिब १५ जना पहिरोमा फसे

नेपालखबर
असोज १२, २०८१ शनिबार १४:४८, काठमाडौँ

काभ्रपलाञ्चोकको नमोबुद्धमा विदेशी नागरिकसहित करिब १५ जना व्यक्ति पहिरोमा फसेका छन्। नमोबुद्ध नगरपालिका–१० मा करिब १५ जना व्यक्ति फसेको खबर प्राप्त भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार, अविरल वर्षाका कारण अहिले ती नागरिकहरू फसेको ठाउँसम्म पुग्न असहज भएको छ। 

उनीहरूको उद्धारका लागि हेलिकप्टर माग गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेकी एसपी बसुधा खड्काले जानकारी दिइन्। 

‘हामी हेलिकप्टर बोलाएर उद्धारका लागि जाने तयारीमा छौँ,’ उनले भनिन्, ‘करिब १५ जना विदेशी नागरिकसहितको टोली रहेको खबर आएको छ। यकिन संख्या आइसकेको छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .