समाज


दक्षिण कोरियामा कोरोनाबाट संक्रमित ७ हजारभन्दा बढी, ४६ को मृत्यु

दक्षिण कोरियामा कोरोनाबाट संक्रमित ७ हजारभन्दा बढी, ४६ को मृत्यु

नेपालखबर
फागुन २४, २०७६ शनिबार ८:४८,

दक्षिण कोरियाको रोग नियन्त्रक संस्था सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले शनिबार दिएको तथ्यांकअनुसार २४ घण्टामा २७४ संक्रमित थपिए। हाल त्यहाँ ७ हजार ४१ संक्रमित छन्।

यस्तै कोरियामा कोरोनाबाट मृतकको संख्या ४६ पुगेको छ। एक दिनमा मृतकको संख्या २ बढेको हो।

दक्षिण कोरिया चीनपछि कोरोनाबाट ग्रस्त दोस्रो राष्ट्र हो। हाल विश्वमा १ लाख १४९२ जना कोरोनाबाट संक्रमित छन्। तीमध्ये ३४८५ जनाको मृत्यु भइसकेको छ।

चीनमा मात्र ८० हजार ६५१ संक्रमित छन्। त्यहाँ ३ हजार ७० को मृत्यु भइसकेको छ। हालसम्म ५६ हजार ८७५ उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .