समाज


कोरोनाका कारण बेलायतमा दोस्रो व्यक्तिको मृत्यु, संक्रमित संख्या पुग्यो १ सय ६३

कोरोनाका कारण बेलायतमा दोस्रो व्यक्तिको मृत्यु, संक्रमित संख्या पुग्यो १ सय ६३

नेपालखबर
फागुन २४, २०७६ शनिबार १०:१०,

संक्रमितको संख्या बढेर १ सय ६३ पुग्दा बेलायतमा मृतकको संख्या बढेको हो।

बेलायती अधिकारीहरुका अनुसार ८० वर्षका वृद्धको ज्यान गएको छ। अधिकारीहरुले ती वृद्धसँग पछिल्लो समय सम्पर्कमा रहेका सबैको स्वास्थ परिक्षण गर्न सुझाव दिएका छन्।

केही दिन अगाडिमात्र एक ७० वर्षकी वृद्धाको बेलायतमा कोरोनाको कारण ज्यान गएको थियो।

हाल विश्वमा १ लाख १४९२ जना कोरोनाबाट संक्रमित छन्। तीमध्ये ३४८५ जनाको मृत्यु भइसकेको छ।

चीनमा मात्र ८० हजार ६५१ संक्रमित छन्। त्यहाँ ३ हजार ७० को मृत्यु भइसकेको छ। हालसम्म ५६ हजार ८७५ उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .