ad ad

समाज


वसन्तपुरमा यसरी नचाइयो पुलुकिसी (तस्बिरहरू)

वसन्तपुरमा यसरी नचाइयो पुलुकिसी (तस्बिरहरू)

सरोज बैजु
भदौ ३१, २०८१ सोमबार २०:५, काठमाडौँ

काठमाडौँको वसन्तपुरस्थित किला गलमा स्थानीयले पुलुकिसी नचाएका छन्।  इन्द्रजात्राको दोस्रो दिन पुलुकिसी नचाउने परम्पराअनुसार आज पुलु किसि नचाइएको हो।

इन्द्रजात्रामा पुलुकिसीको उपस्थितिले स्वर्गका इन्द्र र यो जात्राको सम्बन्ध रहेको प्रमाण देखिन्छ। किंबदन्तीअनुसार पुलुकिसी इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक हो। 

इन्द्र ऐरावत हात्ती चढेर आमाका लागि पारिजात फूल लिन काठमाडौँ आउँदाको कथासँग यो पर्व सम्बन्धित छ।

कथाअनुसार, मरुटोलमा फुलेको फूल लिनको लागि इन्द्र मानव रूप धारण गरी आउँछन्। हात्तीलाई किलागलमा बाँधेर फूल टिप्न जाँदा स्थानीले फूल चोर्न आएको आरोपमा समातेर राख्छन्। लामो समयसम्म आफ्नो मालिक नआइपुगेपछि ऐरावत हात्ती मालिक खोज्न जान्छ र स्थानीय पछि लाग्छन्। अर्थात् इन्द्रको खोजीस्वरूप पुलुकिसी निकाल्ने परम्परा छ।

किलागल टोलको महर्जन समुदायबाट निकालिने ऐरावत हात्तीको प्रतीकलाई स्थानीयले पुलुकिसीका साथै तानाकिसी पनि भन्ने गरेको पाइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .